प्रदेशमा रौतहट १ बाट साह र यादवको नाम सिफारिस


रौतहट । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको कांग्रेस जिल्ला क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’मा नागेन्द्र साह र ‘ख’मा नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको नाम सिफारिस भएको हो ।

कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए ।

त्यस्तै, समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र १ ‘ख’बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेस मधेस प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, जिरन्जिवी सिंह, सन्तु प्रसाद यादव, प्रकाश सिंह लगायतका नेताहरूको सर्वसम्मत रूपमा नाम सिफारिस भएका छन् ।

त्येसैगरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रदेश सभापति कृष्णप्रसाद यादवकै नाम सिफारिस भएको काँग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताएका छन् ।

ती क्षेत्रमा गठबन्धन हुने निश्चित भएकोले सो क्षेत्रमा दुबै पदका लागि सभापति यादवकै नाम सिफारिस गरिएको गुप्ताको भनाइ छ ।

जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले यादवलाई कुनै एक पदमा चयन गर्नेछन् ।

पूर्व-प्रधानमन्त्री माधव कुमार नेपाल प्रतिनिधिसभा सदस्य गठबन्धन भएमा प्रदेश सभापति कृष्णप्रसाद स्वत उम्मेदवार बन्नेछन् ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ