कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितका समस्या समाधान हुन्छ : मन्त्री यादव


काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न गठित आयोगद्वारा बुझाइएको प्रारम्भिक प्रतिवेदन आज मन्त्रालयमा बुझ्दै उनले विस्थापितको समस्या समाधानका लागि सबै निकायमा पहल गर्ने बताए ।

उनले भने, ‘विस्थापित तथा पीडितका विषयमा गहन रूपमा अध्ययन गरी समस्या समाधानका लागि पहल गर्छौ ।’

यसैगरी मन्त्री यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितका हकमा आवश्यक जानकारी बुझ्न मन्त्रालय मातहतका निकायलाई आजै निर्देशन दिएका छन् ।

आरक्ष विस्थापितको समस्या समाधान गर्ने आयोगका अध्यक्ष राजकुमार राईले आयोग गठन भएपछि हालसम्म गरेका काम कारबाहीका विषयमा एक प्रारम्भिक प्रतिवेदन तयार गरी मन्त्री यादवलाई बुझाएका थिए ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ