धनुषाका दुई निर्वाचन क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमती नै उम्मेदवार सिफारिस


काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान श्रीमती सर्वसम्मतरुपमा सिफारिस भएका छन् ।

आइतबार जनकपुरधाममा भएको धनुषाको क्षेत्र नम्बर ३ को बैठकले पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको एकल नाम र क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरेको हो ।

सिफारिस भएका महतो र महासेठ श्रीमान श्रीमती हुन् । यसअघि उनीहरु ओली सरकारमा पालामा आलोपालो मन्त्री समेत भएका थिए ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ