नवराजपुरमा सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु, अध्यक्ष यादवले गरे शिलान्यास


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपाल विओपीका लागि सुविधा सम्पन्न भवन निर्माण सुरु भएको छ ।

नवराजपुर गाउँपालिका ४ मा शुक्रबार एक समारोहबीच विओपी भवनको गाउँपालिका अध्यक्ष शिव उदगार यादवले शिलान्यास गरे । सशस्त्र प्रहरीलाई बस्न अहिले ठाउँ अभाव भएकाले कष्ट झेल्नुपरेको छ । त्यसैले भवनको शिलान्यास गरिएको अध्यक्ष यादवले बताए ।

गाउँपालिकामा शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरीको ठूलो योगदान छ । त्यसैले प्राथमिकतामा राखेर उनीहरुका लागि भवन निर्माण गर्न लागेको अध्यक्ष यादवले बताए । अहिले जीर्ण भवनमा सशस्त्र प्रहरी बस्न बाध्य रहेको उनको भनाई छ ।

‘अहिले जुन भवनमा सशस्त्र प्रहरी बस्छन्, त्यो यस्तो जीर्ण छ कि पानी परेपछि छत चुहिन थाल्छ’, अध्यक्ष यादवले भने, ‘अब उनीहरुले धेरै समय यसरी कष्ट झेल्नु पर्दैन् । छिट्टै नयाँ भवन निर्माण हुन्छ ।’ भवन निर्माणका लागि तत्काल १० लाख बजेट विनियोजन गरेको र आवश्यकता अनुसार थप पनि गरिने उनले बताए ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ