भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

शितल निवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति भण्डारीले दुई देशले एक अर्काको प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलनअनुसार पाण्डेलाई सुशाभित गरेकी हुन् ।

पाण्डे आइतबार नेपाल आइपुगेका हुन् । सोमबार दिउँसोमात्र नेपाली सेनाले जङ्गी अड्डामा पाण्डेलाई गार्ड अफ अनर दिएको थियो ।

भदौ २३ गते स्वदेश फर्कनुअघि पाण्डेले माउन्टेन फ्लाइट, पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार १७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ