टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी, तीन जना पक्राउ


काठमाडौं । प्रहरीले टिकटक बनाउने बहाना बनाएर मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका १० बस्‍ने १८ वर्षीय निसान सापकोटा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कै ३२ वर्षीय रामचन्द्र रावल र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका ४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि आवश्‍यक कारबाहीको लागि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ भाद्र २१, मंगलवार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ