सिरहा १ मा काँग्रेसबाट पदमनारायण प्राथमिकतामा, चित्रलेखा आउट


सिरहा । सिरहा क्षेत्र नम्वर १ मा पदमनारायण चौधरीलाई प्राथमिकतामा राखेर नेपाली काँग्रेसले सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

काँग्रेस क्षेत्रिय समितिले प्रतिनिधिसभा सदस्यका लागि चौधरी, सुनिल महतो, कपलेश्वर साह, मो. आशिन र अशोक मिश्रको नाम सिफारिस गरेको हो । चाधैरी पटक पटक साँसद भइसकेका छन् । ०७४ मा योक्षेत्रबाट प्रदिप गिरी निर्वाचित भएका थिए । उनको निधन पछि यो क्षेत्रमा उम्मदे वारको आकांक्षी बढेको छ ।

यस क्षेत्रबाट उम्मेदवारी दिनेमा काँग्रेसको सचेतक चित्रलेखा यादवको चर्चा पनि चलेको थियो । तर उनको नाम नै सिफारिस भएन । उनी दुई पटक लगायतार समानुपातिक साँसद बनिन् । त्यसैले उनले प्रत्यक्ष चुनाव लड्नुपर्ने बाध्यता छ । क्षत्रे १ बाट सिफारिस नभएपछि उनी कुन क्षत्रे रोज्नेबारे मुख खोलेकी छैन।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ भने ६ महिलासहित ११ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा सूर्यनारायण यादव, शेखर गिरी, राम गणेश दास, शोभानन्द चौधरी, उमेश परसैला, उषा राउत, राजदा खातुन, चण्डीका ढुंगाना, कुसुम देवी यादव, शिव कुमारी पासवान र फूलोदेवी दास छन् ।

यस्तै प्रदेशसभा क्षेत्र १ (क)मा प्रत्यक्षतर्फ काँग्रेसका सन्तोष कुमार उपाध्याय, रामसुन्दर चौधरी, अचमित लाल चाधैरी, पंचलाल महतो र फुलेश्वर महतो उम्मेदवार सिफारिस भएका छन् । यस प्रदेशबाट समानुपातिक तर्फ डा. नमोनारायण झा, अरुण केसी, प्रमेश्वर साह र मो. हनिफ राईन, पुनम चौधरी, सर्मिला पोखरले र रुवि प्रविणलाई सिफारिस गरिएको नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय समितिले जनाएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र १ (ख)बाट प्रत्यक्षतर्फ नवलकिशोर यादव, कन्हैया प्रसाद गुप्ता, संजय यादव र देवनाथ यादव उम्मेदवार सिफारिस भएका छन् । समानुपातिक तर्फ विसुन साह बनियाँ, श्रीचन पासवान, जगरनाथ यादव र इन्दु कुमारी यादवको नाम सिफारिस भएको छ ।

प्रकाशित : २०७९ भाद्र २१, मंगलवार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ