नेपालमा एकपछि अर्को संकट : जापानी इन्सेफलाइटिसबाट ३ जनाको मृत्यू


मकवानपुर । मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका ७ का दुई जना र हेटौँडा उपमहानगरपालिका ३ बसामाडीका एक जनाको मृत्यु भएको छ।

बागमती गाउँपालिका ४ बस्ने वर्ष ४८ की सुस्मिता गोले उक्त रोगको सङ्क्रमणबाट गम्भीर बिरामी भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको र उनको अहिले उपचार भइरहेको छ ।

यसैगरी, मकवानपुरमा डेङ्गुको प्रकोप बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७९ भाद्र २१, मंगलवार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ