चुनावी सभा गर्न औरही आउँदै सीके राउत


टुडेखोज, सिरहा । जनमत पार्टीले सिरहाको औरही गाउँपालिका ५ मा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम गर्ने तयारी थालेको छ ।

चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष डा. सीके राउत आउने कार्यक्रम तय भएको जनमत पार्टीका नेता दीपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार असोज ५ गते औरहीस्थित श्री सुन्दर जनता माविको फिल्डमा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम गर्ने निर्णय पार्टीले गरेको छ ।

औरहीमा जनमत पार्टीको संगठन मजबुत हुँदै गएको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसभन्दा बढी मत यो गाउँपालिकामा जनमत पार्टीले ल्याउन सफल भए । हार व्यहोरे पनि सम्मान जनक मत ल्याएकाले अगामी दिनमा चुनाव जित्ने भन्दै जनमतका कार्यकर्ता उत्साहित देखिन्छन् ।

आसन्न आम निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने जनमतको तयारी छ । चुनाव जित्नेगरी तयारी भइरहेको र त्यसकै लागि अध्यक्ष डा. राउत पनि आउन लागेको जनमतका नेताहरु बताउँछन् । जनमतले उम्मेदवार भने टुंगो लगाइसकेको छैन ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार ०७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ