सिरहा १ मा माओवादीका तीन उम्मेदवार सिफारिस, प्रदेशमा विजय गुप्ताको नाम चर्चामा


टुडेखोज, लहान । सिरहा क्षेत्र नम्वर १ बाट माओवादीले गणेश चौधरी, आशानन्द यादव र दशमी लाल चौधरीलाई उम्मेदवार सिफारिस गरेको छ ।

समानुपातिक तर्फ भने सुधा कुमारी यादव, रिकमा विश्वकर्मा र पप्पु कुमार साहको नाम सिफारिस भएका हुन् ।

प्रदेशसभा १ ‘क’बाट माओवादीले विजय गुप्तालाई उम्मेदवार बनाउने सम्भावना छ । सो क्षेत्रबाट गुप्तासँगै खड्गनारायण चौधरी र नौथनी महतो सिफारिस भएका छन् ।

यस्तै समानुपातिक तर्फ सुनिता महतो, देवनारायण महतो, उमेश प्रसाद साह र गमकलाल चौधरी सिफारिस भएको बुझिएको छ ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार ०७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ