सिरहा २ ‘क’बाट उम्मेदवारी दिने यूवा नेता यादवको घोषणा


टुडेखोज, सिरहा । आसन्न निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्वर २ ‘क’बाट उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रका यूवा नेता अरबिन्द यादवले घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत यूवा नेता यादवले उम्मेदवारी घोषणा गरेका हुन् । अहिले पार्टीको क्षेत्र, गाउँ र नगर कमिटीहरु नरहेकाले सामाजिक सञ्जालबाटै उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।

यादव विगत लामो समयदेखि माओवादीमा सक्रिय छन् । विद्यार्थी कालदेखि नै माओवादीमा लागेका उनी हरेक निर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउन भुमिका खेलेका हुन् ।

उनले अगामी निर्वाचनमा सहयोगका लागि क्षेत्रका सम्पूर्ण मतदातासँग अपिल पनि गरेका छन् ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ