नेपाली सेनामा ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्यो


काठमाडौं । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनोट गर्ने गरी दरखास्त आह्वान गरेको हो । सैन्य पदमा कुल ४ हजार जना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार खुलातर्फ दुई हजार ८८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा भर्ति हुनेछन् । इच्छुक उम्मेदवारले देशका विभिन्न भर्ना केन्द्रबाट असोज २६ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् ।

दोब्बर दस्तुर तिरी असोज ३० गतेसम्म दरखास्त दिन दिन सकिनेछ। कम्तीमा कक्षा ८ उत्तीर्ण गरेकाहरु दरखास्त दिन योग्य हुनेछन् । उम्मेदवार उमेरमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ ।

प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ