मधेशमा कांग्रेसले ६० प्रतिशत सिट नछोड्ने


जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । सिफारिसमा नपरेका प्रदेश कार्यालयमा निवेदन दिएको आकांक्षी उमेदवारहरूको नाम रायसहित केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।

उनका अनुसार प्रदेश समितिमा दिएका निवेदनको अधारमा रायसहित नेताकार्यकर्ताहरुको नाम समावेश गरी पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको उनले बताए ।

प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ