आगामी तीन दिन कहाँ-कहाँ हुँदैछ भारी वर्षा !


काठमाडौं । देशभरको मौसममा बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहान प्रदेश १, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

त्यसैगरी बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनेछ ।

भोलि दिउँसो प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने राति प्रदेश १, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

पर्सि पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७९ आश्विन १, शनिबार ०९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ