नेपालमा पहिरोः मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता


अछाम । अछामका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ । शनिबार बिहान १० बजेसम्म ११ जना बेपत्ता रहेका छन् ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा २ जनाको शव फेला परेको छ भने ७ जना अझै बेपत्ता रहेका छन् ।

त्यस्तै, ढकारी गाउँपालिका वडा नम्बर– ६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको रिजालले बताए ।

कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र एक जना घाइते भएको उनले बताए । कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ४ जनाको शव भेटिएको, ३ जना बेपत्ता र ७ जना घाइते रहेको रिजालले बताए ।

तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ ।

प्रकाशित : २०७९ आश्विन १, शनिबार ११:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ