लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् ।

भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए ।

शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनाललाई दिइएको छ । उनले क्लस्टअनुसार सूची तयार गरेर आजै शीर्ष नेतालाई बुझाउने बताइएको छ ।

समानुपातिक उम्मेदवारका लागि सातवटै प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशका लागि करिब १३ सय जनाको नाम केन्द्रमा सिफारिस भएको थियो । त्यसमध्ये सबभन्दा बढी ७७५ जनाको नाम मधेश प्रदेशबाट सिफारिस भएको थियो ।

लोसपालाई मधेश प्रदेशको नाम टुंगो लगाउन हम्मे हम्मे भएको छ । स्रोतका अनुसार शीर्ष नेताले टुङ्ग्याएर दिएको नाममा पनि मधेश प्रदेशमा सहमति जुटेको छैन । त्यसलाई मिलाएर क्लस्टर तयार गर्ने काम नेता सोनलले गरिरहेको बुझिएको छ ।

प्रकाशित : २०७९ आश्विन २, आईतवार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ