सुशील कोइराला नेपाल रत्नबाट विभूषित


काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेको छ ।

कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए । उनकै नेतृत्वमा संविधान जारी भएको हो । सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेका छन् ।

नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो । त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रिते, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु सहित विभिन्न ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

प्रकाशित : २०७९ आश्विन ३, सोमबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ