मकवानपुरमा बस दुर्घटनाः घटनास्थलमै ६ जनाको मृत्यु


हेटौंडा । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो ।

मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ ।

छ जनाको मृत्यु भएको जानकारी आए पिन थप विवरण आउन बाँकी रहेको गौतमले बताए । अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी, हेटौंडा र काठमाडौं पठाइएको उनले बताए ।

प्रकाशित : २०७९ आश्विन ६, बिहीबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ