वीर अस्पताल क्षेत्रका अवैध संरचनामाथि बालेनको डोजर चलेपछि…


काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचनामाथि डोजर चलाइएको महानगरले जनाएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो ।

तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ । नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा सो परिसरमा दशकौंदेखि सञ्चालनमा रहेको केही औषधि पसल र किराना पसलमाथि डोजल चलाइएको हो ।

महानगरपालिकाले नक्सा पास नगरी बनाइएका संरचनाहरु भत्काउन सुरुमा ३५ दिने सुचना जारी गरेको र पछि मौखिक तथा लिखित रुपमा पसलहरु खाली गर्न ताकेता गरेको थियो ।

महानगरले सुचना प्रकाशित गर्दा पनि अटेर गरी बसेका औषधि व्या व्यावयीहरुलाई पुन: २४ घण्टाको अल्टिमेटम दिएपछि व्यावसायीहरुले धमाधम आफनो सामानको जोहो गरेका थिए ।

महानगरको डोजर देखेपछि सर्वसाधारणको भीड थामिनसक्नु थियो । महानगरको यो अभियानको अधिकांशले समर्थन गर्दा केही केहीले भने चाँडबाडको मुखमा गरिएको यो अभियान ज्यादतीपुर्ण भन्दै बिरोध गरेका थिए ।

काठमाडौैं महानगरपालिकाले चालेको यो कदम अहिले अभिययानकै रुपमा सञ्चालान गरी राजधानीका दर्जनौं क्षेत्रमा बनेका अनधिकृत संरचनाहरु भत्काउँदा जनता भने सचेत बनेका छन् ।

प्रकाशित : २०७९ आश्विन ६, बिहीबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ