दसैंभर टिपर चलाउन रोक


काठमाडौं । चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ।

दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ ।

यस्तै अरनिको राजमार्ग र बीपी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार पूर्व अरनिको यातायात सेवा प्रालिको बा ४ ख ७१७८ नम्बरका बस चालकलाई खादा लगाई टाइम कार्ड सुरु गरेकी थिइन् ।

प्रकाशित : २०७९ आश्विन १५, शनिबार १५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ