चुनाव लड्ने तयारीमा रहेका लोसपा नेता गुप्ताले प्रहरीमा बुझाए बन्दुक


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता प्रशान्त गुप्ताले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बन्दुक बुझाएका छन् ।

चुनावी सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजतप्राप्त हातहतियार बुझाउन दिएको निर्देशन बमोजिम नेता गुप्ताले आइतबार हतियार बुझाएका हुन् ।

बन्दुक बुझाउनुअघि उनले बन्दुक बोकेको तस्बिर फेसबुकमा राखेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘चुनावी आचारसंहिताको पालन गर्दै मेरो नाममा रहेको हतियार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइयो ।’

नेता गुप्ता रुपन्देही क्षेत्र नम्बर १ ‘ख’मा लोसपाबाट उम्मेदवारी दिने तयारीका साथ प्रचारप्रसारमा छन् ।

प्रकाशित : २०७९ आश्विन १७, सोमबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ