पूर्व राज्यमन्त्री सिंहले जसपा परित्याग गरे, एमालेमा प्रवेश गरी सिरहा २ बाट चुनाव लड्ने चर्चा


काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले जसपा परित्याग गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै उनले पार्टी परित्याग गरेको पत्र पठाएका हुन् ।

सिंहको नाम सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिस भएको थियो । सोही क्षेत्रबाट अध्यक्ष उपेन्द्र यादव र प्रदेश अध्यक्ष विजय यादवको पनि नाम सिफारिस भएको थियो ।

पार्टीले सो क्षेत्रमा आफूलाई टिकट नदिने बुझेपछि सिंहले जसपा परित्याग गरेको बताइएको छ । उनी पहिलो संविधानसभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७४ सालमा वाम गठबन्धनका सुरेशचन्द्र दाससँग पराजित भएका थिए ।

उनले पत्रमा लेखेका छन्, ‘पार्टीको सबै तह र साधारण सदस्य समेत आजैको मितिबाट लागु हुनेगरी परित्याग गरेको जानकारी गराउँदछु ‌।’ ५ दलिय गठबन्धनको नाउमा पार्टीले मधेशी जनताको भावना विपरित मधेशको अस्तित्व नै धरापमा पार्ने कार्यहरु गरेको उनले आरोप लगाएका छन् ।

लामो संघर्षपछि बचाइराखेको पार्टीको आस्था र भावना विपरित कार्यकर्ता मन मष्तिस्कमा पुर्‍याएको चोट सहन गर्न नसकी जसपा परित्याग गरेको उनले उल्लेख गरेका छन् ।

सिंहले एमालेमा प्रवेश गरी सिरहा क्षेत्र नम्वर २ बाट चुनाव लड्ने चर्चा चलेको छ । तर यसबारे अहिले पुष्टि हुन सकेका छैन । स्रोतका अनुसार सिंह एमाले नेताहरुसँग पटक पटक छलफल गरेका छन् ।

प्रकाशित : २०७९ आश्विन १९, बुधबार १०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ