राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकता


काठमाडौं । राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बिच एकता भएको छ ।

जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोज कुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

विभिन्न ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो । ९ बुँदे सहमति गर्दै जतमुमो समाहित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रकाशित : २०७९ आश्विन १९, बुधबार १०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ