सिरहाका महतो र आजादलाई मन्त्री यादवले जसपामै फर्काए


सिरहा । सिरहा नगरपालिका ५ का विशेश्वर महतो र तैयब आजाद जनता समाजवादी पार्टी (जसपा)मै फर्केका छन् । उनी दुबै जनालाई मधेस प्रदेशका कृषि मन्त्री समेत रहेका नेता विजय यादवले जसपामा फर्काएका हुन् ।

बुधवार रमौल पुगेका मन्त्री यादवले उनी दुबै जनालाई जसपामा फर्काएको बुझिएको छ । स्थानीय तहको निर्वाचनमा महतो नेकपा एमाले र आजाद नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । आजाद काँग्रेसबाट वडा सदस्यमा समेत चुनाव लडेका थिए ।

महतो र आजाद स्थानीय स्तरमा राम्रो पक्कड बनाएको बुझिएको छ । उनी दुबैजना पुरानो घर फर्केपछि जसपा पुनः वडामा मजबुत बनेको छ ।

प्रकाशित : २०७९ आश्विन २०, बिहीबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ