बबई नदी किनारमा तीन जनाको शव फेला


रूपन्देही । दाङको बबई नदी किनारमा तीन जनाको शव फेला परेको छ । तुलसीपुर(१३ बबरपुरमा शव फेला परेको हो ।

नचिनिने अवस्थामा शव रहेको तुलसीपुर १३ का वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए । शव भेटिएको स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा पुगेका छन्। नदीले बगाएको अवस्थामा शव भेटिएको हो ।

कस्को शव हो र कहिले बगाएको हो भन्ने बारेमा केही खुलेको छैन । वडा अध्यक्ष पौडेलले अन्य कारणले मृत्यु भएको र गाडिएको शव खोलाले बगाएको हुन सक्ने बताए ।

शव पुरानो भएकाले यस्तो अनुमान गरिएको वडाअध्यक्ष पौडेलले बताए ।

प्रकाशित : २०७९ आश्विन २०, बिहीबार १४:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ