सिरहा: साँस्कृतिक कार्यक्रम हेर्ने क्रममा यूवकलाई निर्घात कुटपिट


जयनाथ यादव, लहान । सिरहाको भगवानपुर गाउँपालिका ४ ठाडीमा दुर्गा मेलाको अवसरमा सांस्कृतीक प्रोग्राम हेर्ने क्रममा एक समूहले जमुवा टोलाका तीन युवकलाई निर्घात कुटपिट गरिएको छ ।

कुटपिटबाट महेश कुमार साह, राधेश्याम यादव र राहुल कुमार साह घाईते भएका छन् । महेशको टाउँकोमा गम्भीर चोट लागेको छ । राधेश्यामको पिठ्यूमा रड प्रहार गरिएको छ । उनी दुबै जनाको अवस्था गम्भीर रहेकाले लहानस्थित प्रादेशिक अस्पतालले विराटनगर रेफर गरेको छ ।

राहुलको अवस्था सामान्य रहेकोले आफ्न्त घर लगेर उपचार गराइरहेका छन् । घटना बुधवार रातिको हो । स्थानीय सिफैत यादव, भागवत यादव, दुर्गा मण्डल, रञ्जित मण्डल र अन्य दुई जना अपरिचित व्यक्ति कुटपिट गरेको आरोप घाईतेहरुले लगाएका छन् ।

घटनामा संलग्न ६ जनामाथि पीडितका परिवारले उजुरी दिन गएपनि विदाका कारण दर्ता हुन सकेका छैन । पीडितहरुले बिहीवार पत्रकार सम्मेलन गरेर घटना बारे जानकारी गराउँदै प्रहरीले एक जनालाई पक्राउ गरेपनि छाडेको आरोप लगाएका छन् ।

कुटपिट किन भएको कुरा खुल्न सकेका छैन । पीडितहरुले अचानक आफूहरुमाथि आक्रमण गरी ज्यान मार्ने प्रयास गरेको बताएका छन् ।

प्रकाशित : २०७९ आश्विन २१, शुक्रबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ