सत्तारुढ गठबन्धनले जसपालाई आजसम्म कुर्ने, नआए चार दलबीच मात्रै तालमेल


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँड अलपत्र परेको छ।

बिहीबार साँझ बालुवाटारमा अबेरसम्म बसेको गठबन्धनको बैठकमा जसपाका नेता उपस्थित नभएपछि भागवण्डा अलपत्र परेको हो ।

जसपाले गठबन्धन र नेकपा एमाले दुवैतिर तालमेलको कुरा चलाइरहेको छ । सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले सत्ता गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन ।

हिजो दिउँसा बालुवाटारमा पार्टी प्रवक्ता मनिष सुमन र बालकोटमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभागी भएर सिटको ‘बार्गेनिङ’ गरेका थिए । सत्ता गठबन्धनले जसपालाई प्रतिनिधिसभातर्फ १६ सिट दिने तयारी गरेको छ। तर एमालेले भने झण्डै २५ सिट दिने बताएपछि जसपाको दोहोरो बार्गेनिङ चलेको नेताहरू बताउँछन् ।

गठबठन्धनको बैठक शुक्रबार बिहान पुनः बालुवाटारमा बस्ने भएको छ । दिउँसोसम्म जसपालाई कुर्ने र जसपाले निर्णय नदिए चार दलबीच मात्रै भागवण्डा गर्ने प्रस्ताव राख्दै बिहीबार बेलुकी बैठक सकिएको थियो ।

प्रकाशित : २०७९ आश्विन २१, शुक्रबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ