सशस्त्रका जवान र वडा सदस्यसहित १५ जना जुवाडे पक्राउ


दाङ । सशस्त्र प्रहरी बलका जवान जुवाको खालबाट पक्राउ परेका छन् ।

२९ नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका जवान कृष्णमान चौधरी दंगिशरण ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

जिप्रका दाङ र इप्रका तुलसीपुरबाट खटिएको संयुक्त टोलिले शुक्रवार राति चौधरीसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवाडेको साथबाट ५ लाख २८हजार ३ सय ४० रूपैँया बरामद भएको जिप्रका दाङले जनाएको छ ।

जुवाखालबाट दंगिशरण ५ का वडा सदस्य कमल वली र तुलसीपुरका २ का वडा अध्यक्षका छोरा हिरा योगी समेत पक्राउ परेका छन् ।

प्रकाशित : २०७९ आश्विन २२, शनिबार ०८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ