एकीकृत समाजवादीको टिकट : माधव नेपाललाई रौतहट १, किसान श्रेष्ठलाई बारा ४, अरु कहाँबाट ?


काठमाडौं : सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछिल्लो सहमति अनुसार प्रतिनिधि सभामा १९ सिट पाउने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन् ।

यता रामचन्द्र पौडेललाई गत निर्वाचनमा हराएका किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रँदैछन् । अरु नेताहरु कुन क्षेत्रबाट ?
१. इलाम क्षेत्र न. १- झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २- जगनाथ खतिवडा
३. रौतहट क्षेत्र न. १- माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४- किसान श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८- जिवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २- कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १- राजेन्द्र पाण्डे
८. मकवानपुर क्षेत्र न. २- विरोध खतिवडा
९. कास्की क्षेत्र न. २- श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २- रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २- सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २- राजु गुरुङ
१३. दाङ क्षेत्र न. १- मेटमणी चौधरी
१४. सल्यान- प्रकाश ज्वाला
१५. डोल्पा- धन ब. बुढा
१६. दैलेख क्षेत्र न. १- अम्बर थापा
१७. अछाम क्षेत्र न. १- शेर ब. कुवँर
१८. बझाङ- भानुभक्त जोशी
१९. डोटी- प्रेम ब. आले

प्रकाशित : २०७९ आश्विन २२, शनिबार ०९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ