निर्वाचनमा ७५ हजार सेना परिचालन हुने


काठमाडौं । मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन् ।

निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ । मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सेना परिचालन गर्न स्वीकृती दिइसकेकी छन् ।

प्रकाशित : २०७९ आश्विन २३, आईतवार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ