राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

प्रकाशित : २०७९ आश्विन २४, सोमबार १०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ