बारामा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन


बारा । बारा ४ (क)मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ । सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्यो ।

आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो । डिएसपी तिमल्सिनाले आफूहरूलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसँग हिँड्न आग्रह गरेका थिए ।

रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधा घण्टापछि होटलबाट फर्किएको थियो ।

सत्तारुढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरीसमेत परिचालन गरिएको र आफ्नो अपहरण नभएको उम्मेदवार रायमाझीले बताइन । रायमाझी नेपाली कांग्रेस नेतृ हुन् ।

प्रकाशित : २०७९ आश्विन २६, बुधबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ