मधेसः एकै परिवारका तीन जनाको लाश खोला किनारमा भेटियो


बारा । प्रसौनी गाउँपालिका ५ मा एकै परिवारका तीन जनाको शव भेटिएको छ । गाउँ नजिकैको ढोरा खोला किनारमा तीन जनाको शव भेटिएको बाराका डिएसपी राजेश थापाले बताए ।

उनका अनुसार स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती सुजता, उनकी छोरी ताहिरा र छोरा राजवीरको शव भेटिएको हो । उनीहरूको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ आश्विन २६, बुधबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ