महोत्तरीका माओवादी नेता शर्माको आक्रोश– महन्थ ठाकुर महापापी र राजनीतिक हत्यारा !


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवार बन्न नपाएकोमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र लोसपा अध्यक्ष महन्थ ठाकुरमाथि आक्रोश पोखेका छन् ।

शर्माले महोत्तरी क्षेत्र ३ मा उम्मेदवार बन्न खोजेका थिए । तर लोसपा गठबन्धनमा पुगेपछि उक्त क्षेत्रबाट अध्यक्ष ठाकुर उम्मेदवार बने । यो विषयमा सामाजिक संजालमा टिप्पणी गर्दै नेता शर्माले ठाकुरलाई महापापी र राजनीतिक हत्यारा सम्म भनेका छन् ।

‘मा। महन्थ ठाकुरसँग रहेपनि र अलग पार्टीमा गएपनि उहाँ मेरो राजनीतिक जीवनसँग निरन्तर खेलवाड गर्नु भयो,’ नेता शर्माले लेखेका छन्, ‘मलाई थाहा छैन मेरो राजनीतिक जीबन हत्या गरेर बुढेस कालमा वहा के प्राप्त गर्न खोज्नु भएको छ ।’

अध्यक्ष प्रचण्डसँग एक घण्टा लामो कुरा भएको र सो क्रममा उनले चर्को दबाबका कारण ठाकुरलाई सिट छाड्न बाध्य भएको भन्ने सुनाएको नेता शर्माको भनाई छ ।

उनले आफूलाई लगातार अन्याय, अपमान गर्ने, लोकतान्त्रिक अधिकार खोस्ने, नागरिकमा जाने अधिकारबाट बंचित गर्ने महन्थ ठाकुरा आफ्नो राजनीतिक हत्यारा भएको भन्दै महापापीको आरोप लगाएका छन् । उनले ठाकुर र उनका टिमलाई क्षेत्र नं ३ का आम नागरिकले दण्डित गर्ने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्ड एउटा प्रमाणिक विदेशी दलालको प्रभावमा परेर राजनीतिक हत्या गर्नमा सहमत भएकोमा नेता शर्माले आश्चर्य व्यक्त गरे । उनले भनेका छन्, ‘उहाँलाई राम्रोसँग थाहा थियो कि महन्थजीको अपारदर्शी र नेपाली जनता विरोधी हर्कतको कारण संविधान सभाबाट राजीनामा दिएर विद्रोह गरी प्रचण्ड जीमाथि विश्वास गरेर विगत डेढ दशकदेखि सहकार्य गरेको थिए । म अझै पनि सोच मग्न छु कि प्रचण्ड जस्तो राष्ट्रवादी नेता कुन लोभ लालचमा परेर विदेशी दलाललाई खुशी बनाउन आफ्नै नेताको निर्ममतापूर्वक बलिदान गर्नु भयो ।’

प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ