घरआँगन नियमित बचत संस्थाको एघारौं साधारणसभा सम्पन्न


किसन साह, महोत्तरी । लोहारपटि नगरपालिकाको वडा नं ७ भ्रमरपुुरामा रहेको घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभा सम्पन्न भएको छ । सो शत्रको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुुरले गर्नु भएको थियो ।

त्यस्तै बिशिष्ट अतिथीमा केन्द्रिय बचत तथा ऋण सहकारी संघका प्रतिनिधी, प्रमुुख अतिथीमा लोहारपटि नपाकी उपमेयर सरीता शर्मा रहनु भएका थियो । त्यस्तै लोहारपट्टी नगरपालिकाको वडा नं. ७ का वडा ध्यक्ष गणेश ठाकुर लगायत संचालक समितिका उपाध्यक्ष आशा कुमारी देवी, सचिव बालमिकी ठाकुर सदस्य नन्दु साह, रामआधार ठाकुर, निर्मला देवीलगायत विभिन्न पार्टिका प्रतिनिधीहरु, बुद्धिजिबीहरु लगायत पत्रकार एवम संस्थाका पदाधिकारी,शेयर सदस्यहरुको विशेष उपस्थीतिमा सो शत्र सम्पन्न भएको हो । सो सभा नेपालको राष्ट्रिय गानबाट शुुभारंभ गरिएको थियो ।

देशमा प्रजातन्त्र, गणतन्त्र ल्याउन आप्mनो ज्यान गुुमाएका सहिदहरुप्रति श्रद्धाञ्जली दिएर सो कार्यक्रम संचालन गरिनुुका साथै स्वागत मन्तव्य संस्थाका कर्मचारी अशोक कुुमार रायले व्यक्त गरेका थिए । लेखा परिक्षण प्रतिवेदन प्रस्तुुति संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुुरले गर्नु भएको थियो । सो शत्रमा संस्थाद्वारा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता लगायत समाजसेवी एवम प्रमुुख अतिथीहरुलाइ सम्मान गरिएको थियो ।

उत्कृष्ट कर्मचारीहरुलाई लोहारपट्टी नपाकी उपमेयर शर्माले सम्मान गर्नुका साथै संस्थाको अध्यक्ष लक्ष्मेश्वर ठाकुुरले नपाकी उपमेयर शर्मालाइ सम्मान गर्नु भएको थियो । त्यस्तै अन्य अतिथीहरुलाइ मेयरले सम्मान गरेका थिए । त्यस्तै समाजसेवी राम अशिष प्रशाद शर्मालाइ पनि सो अवसरमा सम्मान गरिएको थियो । सो शत्रका वक्ताहरुले बचत गर्ने बानीको बिकास गर्न सबैसंग आग्रह गरेका छन् । सभामा संस्थाको चालु आ.व. २०७९/०८० र आगामी आव २०८०/०८१ को बजेटका वारेमा पनि प्रकाश पारिएको छ ।

सभामा गत आ.ब. २०७८/०७९ को यथार्थ रु. २७ करोड ३८ लाख ४६ हजार ४ सय ९५ पैसा ६२, चालु आब २०७९/०८० को संशोधित रु।४७ करोड ५५ लाख ११ हजार १२ रु. पैसा ५९ अनि आगामी आ.ब. २०८०/८१ को प्रस्तावित रु. ५२ करोड १० लाख ९६ हजार ५ सय ७७ पैसा १७ रहेको सम्बन्धमा पनि जानकारी गराइएको छ ।

संस्थाले आगामी आर्थिक वर्षमा कर्मचारीहरुको लागि तालिम,शेयर सदस्यहरुको लागि सहकारी शिक्षा सम्बन्धि तालिम,अवलोकन भ्रमण र स्वास्थ्य शिविरलगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिने कुरा संस्थाका अध्यक्ष ठाकुुरले प्रष्ट्याउनुभयो ।

शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका सदस्य घुरण मण्डलले यस सहकारी संस्थाले गरिवहरुलाई धेरैनै मद्दत पु¥याएको र आगामी दिनमा अझ संस्थाले प्रगती गरोस् भन्ने कामना गरेका थिए । प्रमुख अतिथी शर्माले यो सहकारी संस्था समाजमा ज्यादै नै प्रशंसनीय कार्यहरु गरीरहेको र नपाले पनि संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाले कर्मचारीको लागि पनि इन्धन वापतको केही सुविधा थपेर दिने बताइएको थियो । संस्थामा महिला ५१८ र पुरुष ३७७ जना गरी ८९५ जना शेयर सदस्य रहेका छन् । जस्मध्ये १७३ जनाले संस्थाबाट ऋण लिई विभिन्न खालका कारोवार गरीरहेका छन् ।

प्रकाशित : २०७९ आश्विन २९, शनिबार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ