समानुपातिक परेका ४३९ जनाले जरिवाना बुझाउनुपर्ने


काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने भएको छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।

जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।

प्रकाशित : २०७९ आश्विन ३१, सोमबार ११:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ