लुम्बिनीमा ३ महिनामै २७ लाख १८ हजार भेटी संकलन


रूपन्देही । लुम्बिनीमा चालू आर्थिक वर्षको ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटी संकलन भएको छ ।

लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी २ दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटीको गणना गरेको थियो ।

पहिलो दिन १० लाख ८१ हजार र दोस्रो दिन सोमबार १६ लाख ३६ हजार गरी २७ लाख १८ हजार रुपैयाँ भेटी वापत दान संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण०ले जानकारी दिए ।

कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा आइतबार दानपेटिका खोलिएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको २४ जनाको टोलीले गणना गरेको थियो ।

तीन दिन लाग्ने अनुमान गरिएपनि २ दिनमै भेटीको गणना सकिएको कोषाध्यक्ष भट्टराईले बताए । सिसिटिभि क्यामेरा जडान गरी गणनालाई पारदर्शी बनाइएको कोषले जनाएको छ ।

यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ ।

प्रकाशित : २०७९ कार्तिक १, मंगलवार १०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ