नवौँ राष्ट्रिय खेलकुदमा आर्मीकी जयरानी थारुले जितिन तेस्रो स्वर्ण


पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत लङ जम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

मंगलबार बिहान पोखरा रंगशालामा सम्पन्न जम्पमा जयरानीले राष्ट्रपति रनिङ सिल्डमा यसै वर्षको असारमा बनाएको ५.४७ मिटरको कीर्तिमान भंग गर्दै जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

जयरानीले ५.५८ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । लुम्बिनी प्रदेशकी निशा चौधरीले रजत जितिन् । उनले ५.४९ मिटर जम्प गरिन् ।

५.३१ मिटर जम्प गर्दै सिला चौधरीले कास्य जितिन् । यसअघि जयरानीले चार सय मिटर र एक सय १० मिटर हडल्र्समा पनि स्वर्ण जितेकी थिइन् ।

प्रकाशित : २०७९ कार्तिक १, मंगलवार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ