आयल निगममा जागिरको अवसर : निर्देशकदेखि अपरेटर तहसम्मका १२८ कर्मचारी माग


काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि १ सय २८ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो ।

निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने जनाएको छ ।

योग्यता पुग्ने इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र दरखास्त फाराम पेस गर्नसक्ने जनाइएको छ । निगमले ११ तहदेखि अरु सबै तहमा १ सय २८ जना कर्मचारीको माग गरेको छ ।

जसमा चौथो र पाँचौँको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै, छैटौं तहदेखि माथिका पदको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । साथै, महिला एवं अपांगता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ