कसैलाई समर्थन गरेको छैन, विरोधीले भ्रम फैलायो : राजेश विद्रोही


लहान । सप्तरी प्रदेश सभा क्षेत्र नम्वर ४ (१)बाट स्वतन्त्र उम्मेदवार बनेका राजेश विद्रोही (राजदेव राम)ले कसैलाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।

उम्मेदवार विद्रोहीले सामाजिक संजालमा लेखेका छन्, ‘म कसैलाई समर्थ गरेको छैन् । न कुनै लेनदेन गरिनेछ ।’ उनले भ्रामक प्रचार गर्नेहरूसँग सावधान र सचेत सम्पूर्ण मतदाता तथा समर्थकसंग अनुरोध गरेका छन् ।

लेखक तथा सामाजिक अभियन्ता समेत रहेका उनको चुनाव चिन्ह ‘पानीको धारा’ रहेको छ । स्वतन्त्र उम्मेदवारी दिए पनि उनी प्रतिस्पर्धामा छन् ।

प्रकाशित : २०७९ कार्तिक ६, आईतवार ११:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ