लहान प्रहरीले बरामद गरेको लाखौंको पटाका नष्ट पार्यो


जयनाथ यादव, लहान । भारतबाट अवैध रुपमा नेपाल भित्र्याउने क्रममा बरामद गरिएको लाखौं मूल्य बराबरको पटाका लहान प्रहरीले नष्ट पारेको छ ।

ईलाका प्रहरी कार्यालय लहानले खाल्डोको पानीमा करिब ३ लाख ५० हजार मुल्य बराबरका पटका नष्ट पारेको हो । ईलाका प्रहरी कार्यालय लहान तथा मातहतकाबाट खटिएका प्रहरीले विभिन्न ठाउँबाट उक्ता पटाका बरामद गरेको थियो ।

भारतबाट पटाका आयातमा प्रतिबन्ध लगाइएको छ । तर चोर बाटोबाट मानिसहरुले अवैध रुपमा पटाका नेपाल भित्र्याउँछन् ।

प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ