मधेस प्रदेश प्रमुखको कार्यभार बागमती प्रदेश प्रमुखले सम्हाल्ने


जनकपुरधाम । मधेस प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाएका छन् ।

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र कात्तिक ९ गते बुधबारदेखि ११ गतेसम्म भारतको झारखण्डमा हुने कार्यक्रममा भाग लिन जाने भएका छन् । त्यसैले मधेस प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागती प्रदेश प्रमुख शर्मालाई दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिएकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

प्रकाशित : २०७९ कार्तिक ७, सोमबार १०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ