मधेस : जुवाको खालबाट १ लाख १८ हजारसहित ४ जना पक्राउ


वीरगञ्ज । प्रहरीले जुवाखालमा छापामारी गरेर नगद १ लाख १९ हजार भन्दा बढी रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार राति पौने ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौस्थित जुवा खालमा छापामारी गरेको हो । प्रहरीले वीरगञ्ज १७ अलौंमै बस्ने २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मियालाई पक्राउ गरेको छ ।

मानिसहरु कौडा खेलिरहेका छन् भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले नगदसहित उनीहरुलाई पक्रेको थियो ।

जुवाको खालबाट नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रकाशित : २०७९ कार्तिक ८, मंगलवार १७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ