औरहीमा जसपा–एमालेको संयुक्त प्रचार प्रसार कार्यालय खुल्यो


सिरहा । सिरहाको औरही गाउँपालिका ५ स्थित बजारमा जनता समाजवादी पार्टी (जसपा)– नेकपा एमाले गठबन्धनले संयूक्त चुनाव प्रचार प्रसार कार्यालय सञ्चालनमा ल्याएको छ ।

मंगलवार एक समारोहबीच गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र २ (क)बाट उम्मेदवार बनेका विजय कुमार यादवले चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका हुन् । दुबै पार्टीका नेता–कार्यकर्ताहरुलाई चुनाव प्रचार–प्रसार गर्न सहकार्य र समन्वय गर्न सजिलो होस् भन्ने उदेश्यले कार्यालय सञ्चालनमा ल्याएको बताइएको छ ।

संयुक्त चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन समारोहमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र सयौं नेता कार्यकर्ताहरुको उपस्थित थियो ।

प्रकाशित : २०७९ कार्तिक ८, मंगलवार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ