संघका उम्मेदवारलाई ३ वटा र प्रदेशका उम्मेदवारलाई एउटा मात्र सम्पर्क कार्यालय खोल्न निर्देशन


काठमाडौं । प्रतिनिधि सभाका उम्मेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

७ बुँदे निर्देशान जारी गर्दै निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले ३ वटा सम्म सम्पर्क कार्यालय खोल्न पाइने जनाएको हो । प्रदेश सभाका उम्मेदवारले भने एकवटा निर्वाचन कार्यालय मात्रै खोल्न पाउने छन् ।

‘प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेश सभा सदस्य उम्मेदवारले एक वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन्,’ निर्देशनमा भनिएको छ।

उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने भएका छन् । सम्पर्क कार्यालयको भाडा भने निर्वाचन खर्चमा जोडिने आयोगले जनाएको छ ।

‘घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने,’ आयोगले भनेको छ ।

सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्नेछ ।

प्रकाशित : २०७९ कार्तिक ८, मंगलवार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ