रेशम चौधरीले जेलमै बुझे २०५३ सालको गीतको रोयल्टी


काठमाडौं । कैलालीको टिकापुरमा भएको प्रहरी र सर्वसाधारण नागरिकको हत्यामा संलग्न रहेको आरोपमा डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीले २६ वर्षपछि गीतको रोयल्टी बुझेका छन् ।

उनले २०५३ सालमा निकालेको गीति एल्बम ‘हाल खबर’को रोयल्टी १७ हजार २१५ रुपैयाँ मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माले उपलब्ध गराएका हुन् ।

‘करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ,’ कारागारबाटै निकालेको विज्ञप्तिमा चौधरीले लेखेका छन्, ‘मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छु ।’

रेशमकी श्रीमती रञ्जिता नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छिन् । रेशमले बर्दिया २ बाट दिएको उम्मेदवारी भने निर्वाचन आयोगले रद्द गरिदिएको छ ।

प्रकाशित : २०७९ कार्तिक ११, शुक्रबार ०९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ