मधेसः बालिका बलात्कारको अरोपमा मण्डल पक्राउ


वीरगञ्ज । बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका २ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डल पक्राउ परेका हुन् ।

१५ वर्षीया बालिकालाई असोज २३ गते राति जर्बजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

पक्राउ परेका आकाश वीरगञ्ज १४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् ।

चिनजानपछि फोनमा समेत कुराकानी हुने गरेको थियो । असोज २३ गते भने आकाशले जर्बजस्ती करणी गरेको आरोप बालिका पक्षको छ ।

प्रकाशित : २०७९ कार्तिक १२, शनिबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ