सिरहा क्षेत्र नम्वर ३ मा लीलानाथ श्रेष्ठको चुनावी प्रचार प्रसार तीब्र


सिरहा । सिरहा क्षेत्र नम्वर ३ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले चुनावी सभा, घरदैलो तथा मतदातासंग भेटघाट गर्ने कार्यलाई तिब्रता दिएका छन् ।

चुनावको हुने दिन मंसिर ४ नजिकिएसंगै उम्मेदवार श्रेष्ठ चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका हुन् । ०७४ मा सोही क्षेत्रबाट निर्वाचित श्रेष्ठ यो निर्वाचनमा पनि बाजी मार्ने देखिएको छ ।

श्रेष्ठको प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता विश्वनाथ साहसंग हुंदैछन् । श्रेष्ठलाई भने उपेन्द्र यादव नेतृत्वको जसपाको समर्थन छ । साहभन्दा श्रेष्ठ यो क्षेत्रमा मजबुत पक्कड बनाएको देखिन्छ ।

क्षेत्र नम्वर ३ मा पर्ने सिरहा नगरपालिका, नरहा गाउपालिका, गोलबजार नगरपालिका, विष्णुपुर गाउपालिकामा नेकपा एमालेको कब्जा छ । सबै पालिका एमालेले जितेको छ । त्यसैले पनि श्रेष्ठ मजबुत रहेको र उनले नै बाजी मार्ने सम्भावना छ ।

प्रकाशित : २०७९ कार्तिक १९, शनिबार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ