प्रचण्ड पत्नी सीताको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य अवस्था पुनः जटिल बनेपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सीता लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते डिस्चार्ज गरिएको थियो ।

प्रकाशित : २०७९ कार्तिक २१, सोमबार १०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ