कमला नदीको बाँध बाँधेर बस्ती र जनतालाई जोगाएका छौं : लीलानाथ श्रेष्ठ


बद्री नारायण यादव, सिरहा । सिरहा क्षेत्र नं।३ का जनतालाई कमला नदिको बाढीबाट सुरक्षित राख्नका लागि आफ्नै प्रयासमा बाँध निर्माण भएको नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले बताए ।

सिरहा नगरपालिका वडा नं. ५ को चुनावी सभालाई सम्बोधन गर्दै जिल्ला विकास समितिको उपसभापति भएकै बेलामा उक्त बाँध निर्माण गराइएको उनले जनाए । ‘कमला नदिबाट आएको बाढीले त्यसक्षेत्रका बासिन्दालाई धेरै कष्ट भोग्नुपरेको थियो,’उनले भने, ‘जनताको कष्टलाई निवारण गर्नका लागि बाँध निर्माण गराऔं ।’

‘केही वर्ष अघि सो बाँध भत्कियो । जसलाई कसैले मर्मत गराएन,’उनले भने,‘फेरि पनि हाम्रै प्रयासमा बाँधको मर्मत भयो ।’ उनका अनुसार उक्त बाँध मर्मतका लागि पटक–पटक गरी १५ करोड रकम ल्याए । बाँध मर्मत भएर सिरहा क्षेत्र नं।३ का जनता मात्र नभई अन्य क्षेत्रबासीलाई जीवनयापन गर्न सहज भएको उनले थपे ।

प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवारले मतदातालाई भ्रममा पार्नका लागि अनेक हतकण्डा अपनाउन थालेको उनले बताए । ‘भ्रम पैदा गर्नका लागि जातीय भेला त विभिन्न प्रलोभन दिइरहेका छन्’उनले भने,‘तर यस पल्टको निर्माणमा कुनै भ्रामक कार्य काम लाग्ने छैन् ।’ प्रतिद्धन्द्धी गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका विश्वनाथ साहले क्षेत्रबासीका लागि कतै कुनै काम नगरेको उनले आरोप लगाए ।

‘प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्नाथ साहले क्षेत्रबासीका लागि कुनै काम गरेको वा जनताको दुःखको घडीमा साथ दिएको छ भने त्यो बुझ्न चाहन्छु,’उनले भने,‘मन्त्री भएको बेलामा पनि केही गर्न सकेन् । आफ्नालाई मात्र अवसर दिए ।’ एमालेको काम देखेर गोलबजार भेगका सैकडौं व्यक्ति माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको उनले थपे ।

मन्त्री पद पाएको बेलामा कुनै एक क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रका जनताहरुको हित हुने गरी दर्जनौं योजनालाई सफल बताउनका लागि करोडौं बजेट ल्याएको उनले प्रष्ट पारे । विकास गर्ने सन्र्दभमा यो पक्ष वा त्यो पक्ष नसोचेर चौतर्फी विकासका काम गरेको उनको भनाई रहेको थियो ।

टोल–टोलमा सामुदायिक दलान, सडक संजाल सुधार तथा कालोपत्रे सडक निर्माण लगायतका योजना सफल पार्दै आएको र आउने दिनमा पनि जनताको आवश्यकता अनुसार काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘जात, भात र भत्ता वा अन्य कुनै प्रलोभनमा गर्नु हुँदैन् । लोभले विकासको पथलाई कमजोर बनाउछ,’उनले भने,‘मेरो आग्रह छ कि प्रतिनिधिसभा सदस्यका लागि सूर्य र प्रदेश सभा सदस्यका लागि छाता छापका उम्मेदवार रेणु यादवलाई मतदान गर्न सबैसँग आग्रह छ ।’

कार्यक्रममा नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं ३ (ख) प्रदेशसभा सदस्यकी उम्मेदवार रेणु यादव, पूर्व मेयर तथा जसपाका नेता अषेश्वर प्रसाद यादव, खालिद्द सिद्धिकी, सिरहा नगरपालिकाका मेयर डा. नविन यादव लगायतले आफ्ना मन्त्वय व्यक्त गरे । कार्यक्रम सिरहा नगरपालिकाको वडा नं. ५, ६ र १३ मा चुनावी सभा भएको थियो । उक्त सभामा विभिन्न बस्तीबाट सैकडौंको संख्यामा नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रकाशित : २०७९ कार्तिक २१, सोमबार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ